काठमाडौं । नेश्नल माइक्रो फाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्न पुष २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार पुष २६ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । उक्त कम्पनीको वार्षिक साधारणसभा माग ६ गते क्रिक रिसोर्ट धादिङमा बिहान ११ बजे सभा बस्दैछ ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर प्रयोजनका लागि समेत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।



