images
images

७३ अंकले शेयर बढ्दा कारोबार रकम कति ?


  • 503
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    ७३ अंकले शेयर बढ्दा कारोबार रकम कति ?

    आइतबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ७३ दशमलव ०१ अंकले बढेको छ । आज साताको पहिलो दिन नेप्से बढ्दा २ हजार७ सय ६५ दशमलव ४७ अंकमा पुगेको छ ।
     
    आज शेयर बजारमा ७ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ समुहको परिसुचकमा हरियाली छाएको छ ।

    आज बजारमा नेपाल हाइड्रो डेभलोपर शेयर मुल्य १०  प्रतिशतले बढेर ४ सय ४८ दशमलब ८० रुपैयाँ पुगेको छ भने नेपाल एसबिआई बैंकको डिबेञ्चरको शेयर १ दशमलव ४२ प्रतिशतले घटेर १ हजार १० रुपैयाँमा सिमित भएको छ । 


    images
    images

    Logo