images
images

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • 304
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडाैं ।  कर्पोरेट डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि पुस २६ गते बुकक्लोज गर्दैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

    कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ ।

    बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।


    images
    images

    Logo