images
images

नेप्सेको सीईओमा ५ जनाको नाम सर्टलिष्ट, प्रारम्भिक चरणमै फालिए छ जना


  • 658
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    नेप्सेको सीईओमा ५ जनाको नाम सर्टलिष्ट, प्रारम्भिक चरणमै फालिए छ जना

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । सीईओका लागि आवेदन परेका ११ जनामध्ये ५ जनालाई अन्तवार्ताका लागि बोलाइएको हो । उनीहरुको अन्तवार्ता आइतबार हुनेछ । 

    यसरी अन्तवार्ताका लागि बोलइएकाहरुमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारी छन् । 

    बद्री प्रसाद प्याकुरेल, जीवन अमगाई, दीपक गौतम, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र निरन्जन फुयाँलको नाम अन्तवार्ता चरण नपुग्दै काटिएको छ । यसमध्ये निरन्जन फुयाँल हाल नेप्सेका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुन् । उनको नाम काटिएसँगै नेप्से भित्रैबाट सीईओ आउने सम्भावना सकिएको छ । 

    नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद राजीनामा दिएपछि गत भदौदेखि यो पद रिक्त छ । 


    images
    images

    Logo