images
images

साता अन्तिम दिन ४३ अंकले बढयो नेप्से, कारोबार रकम भने घट्यो


  • 396
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    साता अन्तिम दिन ४३ अंकले बढयो नेप्से, कारोबार रकम भने घट्यो

    बिहीबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ४३ दशमलव २९ अंकले बढेको छ । आज साताको अन्तिम दिन नेप्से बढ्दा २ हजार ६ सय ९२ दशमलव ४७ अंकमा पुगेको छ ।बुधबार ३० अंकले घटेको शेयर बजार आजभने कमब्याक भएको छ ।
     
    आज कारोबारको रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ४ अर्बको कारोबार भएकोमा आज घटेको हो।  उक्त दिन ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ समुहको परिसुचक मध्य ११ वटा बढेको छ भने २ वटा राताम्मे भएको छ ।

    आज बजारमा नेपाल फाइनान्सको शेयर मुल्य १०  प्रतिशतले बढेर ५ सय ७५ दशमलब ३० रुपैयाँ पुगेको छ भने नेपाल बंगलादेशको शेयर ३ दशमलव ५३ प्रतिशतले घटेर १ हजार  ४० रुपैयाँमा सिमित भएको छ । 


    images
    images

    Logo