काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भइ यस कम्पनीकोे आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण हुनेछ ।