images
images

एनआईबीएल समृृद्धि फण्ड–१ यही साता परिपक्व हुँदै


  • 381
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    एनआईबीएल समृृद्धि फण्ड–१ यही साता परिपक्व हुँदै

    काठमाडौं । एनआईबीएल समृृद्धि फण्ड–१ यहि साता परिपक्व हुन लागेको छ । २०७१ साल पुष २२गतेदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यहि पौष  २२ गते परिपक्व हुन लागेको हो ।

    नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी  १० रुपैयाँ अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो । 

    यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई  १७.७१ रुपैयाँसम्म कारोबार भएको थियो ।

    एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ । 


    images
    images

    Logo