बुधबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३० दशमलव ७५ अंकले घटेको छ । आज साताको चौथो दिन नेप्से घट्दा २ हजार ६ सय ४९ दशमलव २० अंकमा पुगेको छ ।
आज बजारमा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ समुहको परिसुचक मध्य ११ वटा बढेको छ भने २ वटा राताम्मे भएको छ ।
आज बजारमा मध्य भोटेकोशी जलविद्युतको शेयर मुल्य ९ दशमलब ९६ प्रतिशतले बढेर २ सय १४ दशमलब २० रुपैयाँ पुगेको छ भने विजय लघुवित्तको शेयर ४ दशमलव ५५ प्रतिशतले घटेर १ हजार ३ सय २२ रुपैयाँमा सिमित भएको छ ।