काठमाडौं । नाडेप लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले माग १४ गते बिहान ११ बजे नौबिसे एग्रो रिसोर्ट धादिङमा बस्नेगरी साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यद्यपि, हाल लघुवित्तको शेयर कारोबार भने रोक्का रहेको छ।