काठमाडौं । आज नेप्सेमा सचीकृत ४ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । नेप्सेमा सचीकृत पोखरा फाइनान्स,मल्टीपर्पस फाइनान्स ,कालिका लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
पोखरा फाइनान्सले घोषणा गरेको ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । मंगलबार सो फाइनान्सको शेयर मुल्य ४ सय ७६ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ८ दशमलब ०७५ प्रतिशत बोनस शेयर पछि पोखरा फाइनान्सको शेयर मुल्य ४ सय ३७ दशमलव ७० रुपैयाँमा समायोजन हुन लागेको हो ।
मल्टीपर्पस फाइनान्सले घोषणा गरेको १३ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । मंगलबार सो फाइनान्सको शेयर मुल्य ४ सय ७१ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १३ प्रतिशत बोनस शेयर पछि मल्टीपर्पस फाइनान्सको शेयर मुल्य ४ सय १६ दशमलव ८१ रुपैयाँमा समायोजन हुन लागेको हो ।
कालिका लघुवित्तले घोषणा गरेको १३ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । मंगलबार सो लघुवित्तको शेयर मुल्य १ हजार ३ सय १५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १३ प्रतिशत बोनस शेयर पछि कालिका लघुवित्तको शेयर मुल्य १ हजार १ सय ६३ दशमलव ७२ रुपैयाँमा समायोजन हुन लागेको हो ।
जनउत्थान सामुदायिक लघुवित्तले घोषणा गरेको २५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । मंगलबारसो लघुवित्तको शेयर मुल्य २ हजार ९ सय ७९ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २५ प्रतिशत बोनस शेयर पछि कालिका लघुवित्तको शेयर मुल्य २ हजार ३ सय ८३ दशमलव २ रुपैयाँमा समायोजन हुन लागेको हो ।
आज समायोजन भएको मूल्यका आधारमा बुधबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



