images
images

विवेकहीन कारोबारको चपेटामा मध्य भोटेकोशीको शेयर : अपर रेञ्ज भेट्न ११ दिन सर्किट लाग्नुपर्ने

७ दिनदेखि लगातार सकारात्मक सर्किट


  • 425
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    विवेकहीन कारोबारको चपेटामा मध्य भोटेकोशीको शेयर : अपर रेञ्ज भेट्न ११ दिन सर्किट लाग्नुपर्ने

    काठमाडौं । एकजनाको गलत क्रियाकलापले शेयर बजारमा कसरी असर गर्छ भन्ने एउटा गतिलो उदाहरण मध्य भोटेकोशीको शेयरमा देखिएको छ । पुस ११ गतेदेखि कारोबार सुरु भएको सो शेयरमा पहिलो कारोबार नै १०० रुपैयाँमा भएपछि मूल्यले उचाइ लिन समस्या भएको हो । यसका कारण लाखौं लगानीकर्ताहरु तनावमा परेका छन् । 

    पुस ११ गतेका लागि कारोबार दिन तोकिँदा नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीलाई ९४.३९ रुपैयाँदेखि २८३.१७ रुपैयाँको ओपन रेञ्ज दिएको थियो । यसअनुसार पहिलो कारोबार नै  २८३.१७ रुपैयाँको माथिल्लो विन्दुमा हुने अपेक्षा गरिएको थियो । 

    तर, पहिलो दिन कारोबार सुरु हुन नपाउँदै एकजना बिक्रेताले सो कम्पनीको शेयर १०० रुपैयाँमा बिक्रीमा राखिदिएपछि पहिलो कारोबार १०० रुपैयाँ कायम भयो । 

    तर, कारोबार खुल्नेबित्तिकै बजारमा सो कम्पनीको शेयरमा लाखौं कित्ताको माग देखियो । तर, सस्तो मूल्यमा शेयर बेच्न चाहने कोही नहुँदा पर्याप्त कारोबार हुन सकिरहेको छैन । 

    आज (मंगलबार) सम्म यो कम्पनीको शेयरमूल्य लगातार ७ दिन सकारात्मक सर्किट लागेर १ सय ९४ रुपैयाँमा पुगेको छ । एकैदिन १० प्रतिशत भन्दा घटबढ हुन नपाउने व्यवस्थाका कारण यो अवधिमा मूल्य २ सय रुपैयाँभन्दा कममै सीमित भएको हो । 

    अब प्रत्येक दिन सकारात्मक सर्किट लाग्ने हो भने पनि यो कम्पनीको शेयरमूल्यले पहिलो कारोबार मूल्यको अपर रेञ्ज भेट्न ४ दिन सकारात्मक सर्किट लाग्नुपर्छ । 

    madhya bhotekoshi.JPG


    images
    images

    Logo