images
images

किन खुल्न छाड्यो नेप्सेको मुख्य वेभसाइट ?


  • 450
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    किन खुल्न छाड्यो नेप्सेको मुख्य वेभसाइट ?

    काठमाडौं । केही दिनदेखि नेपाल स्टक एक्सचेञ्जको बेभसाइट नखुल्ने समस्या आएको छ । नेप्सेको दुई वेभसाइटमध्ये www.nepalstock.com डोमेनको बेभसाइट नखुल्ने समस्या देखिएको हो  । मुख्य डोमेन नै नखुलेपछि बजारको सूचना लिन mभन्झट भइरहेको छ । सहायक डोमेनमा नदेखिने कतिपय सूचना प्रयोगकतर्ताले पाउन सकेका छैनन् । 

    नेप्सेले भने बेभसाइटमा कुनै समस्या नभएको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुली यो डोमेनको बेभसाइट अहिले राम्रोसँग चलिरहेको बताउँछन् । कुनै कम्युटरमा नचलेमा सम्बन्धित कम्युटरको प्राविधिक समस्याको कारणले हुनसक्ने उनी बताउँछन् ।

    ‘वेभसाइट चलेन भनेर गुनासो सुनिएको छ, तर यहाँ कुनै समस्या देखिँदैन,’ उनले भने, ‘कहिलेकाहीँ कम्युटरमा अनावश्यक लिङ्क र ब्राउजिङ हिस्ट्रिका कारण फोहोर जम्मा भएर वेभसाइट नखुलेको हुनसक्छ । त्यसलाई क्लिन गर्यो भने वेभसाइट चल्छ ।’


    images
    images

    Logo