images
images

४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 620
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स, र मल्टिपर्पस फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष २० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    जनउत्थान सामुदायिक लघुवित्तको चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष ३० गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष २१ गते क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, कालिका लघुवित्तले  पुष ३० गते साधारणसभा बोलाएको छ । उक्त लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

    त्यस्तै,  पोखरा फाइनान्सको ८‍.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.४२५ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष २१ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    उता, मल्टिपर्पस फाइनान्सको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष २१ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष २० गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo