images
images

दुई कम्पनीको शेयर मुल्य समायोजन हुँँदै, कति पुग्याे मूल्य ?


  • 542
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    दुई कम्पनीको शेयर मुल्य समायोजन हुँँदै, कति पुग्याे मूल्य ?

    काठमाडौं । आज  नेप्सेमा सचीकृत २ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । नेप्सेमा सचीकृत सिभिल बैंक र रिलायन्स फाइनान्स लिमिटेडको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

    सिभिल बै‌कले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । सोमबार सो बैंकको शेयर मुल्य २ सय ५८ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ५ प्रतिशत बोनस शेयर पछि सिभिल बैंकको शेयर मुल्य २ सय ४५ दशमलव ७१ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    रिलायन्स फाइनान्सले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । सोमबार सो बैंकको शेयर मुल्य ५ सय २० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ५ प्रतिशत बोनस शेयर पछि रिलायन्स फाइनान्सको शेयर मुल्य ४ सय ५२ दशमलव १७ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    आज समायोजन भएको मूल्यका आधारमा मंगलबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo