images
images

नेप्से ३२ अंकले बढ्दा साढे ४ अर्बमाथि शेयर कारोबार


  • 504
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    नेप्से ३२ अंकले बढ्दा साढे ४ अर्बमाथि शेयर कारोबार

    सोमबार। नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३२.०३ अंकले बढेको छ । आज साताको दोस्रो दिन नेप्से बढ्दा २ हजार ६ सय १६ दशमलव ९४  अंकमा पुगेको हो । 

    नेपाल स्टक एक्सचेञ्ज सोमबार २ सय ३० कम्पनीको ४ अर्ब ५३  करोड रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५२ कित्ता शेयर  किनबेच भएका छन् ।

    आज दुई कम्पनीको शेयर सकरात्मक सर्किट लागेको हो हिजो सर्वाधिक कारोबार भएको हिमालयन डिष्ट्रिलरी आज पनि सर्वाधिक शेयर खरिद बिक्रि गर्न सफल भएको छ । कम्पनीको आज २८ करोड माथि शेयर कारोबार भएको छ । 

    आज बजारमा मध्य भोटेकोशी जलविद्युत आयोजनाको शेयर मुल्य १० प्रतिशतले बढेर १ सय ७७ रुपैयाँ पुगेको छ भने रु रु जलविद्युत परियोजनाको शेयर मुल्य  २ दशमलव ५९ प्रतिशतले घटेर ९ सय ४  रुपैयाँमा सिमित भएको छ ।


    images
    images

    Logo