images
images

सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 384
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी  दुई कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनका लागि पुष २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ पुष १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    सिभिल बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष ३० गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष २० गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष १९ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo