images
images

हिमालयन बैंकसहित ५ कम्पनीको शेयर मुल्य समायोजन हुँदै


  • 604
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    हिमालयन बैंकसहित ५ कम्पनीको शेयर मुल्य समायोजन हुँदै

    काठमाडौं । आज एकैदिन नेप्सेमा सचीकृत ५ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ ।   नेप्सेमा सचीकृत हिमालयन बैंक,  सेञ्चुरी कमर्सियल बैंक, प्रोग्रशिभ फाइनान्स, मिर्मिरे लघुवित्त  र कालिका पावर कम्पनीको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

     हिमालयन बै‌कले घोषणा गरेको २१ दशमलव ३८ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । आइतबार सो बैंकको शेयर मुल्य ४ सय ८४ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २१ दशमलव ३८ प्रतिशत बोनस शेयर पछि हिमालयन बैंकको शेयर मुल्य ३ सय ९८ दशमलव ७८ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै,सेञ्चुरी कमर्सियल  बैंकको ५ दशमलव ७५ प्रतिशत बोनस शेयर पछि १ सय ५१ दशमलव  ७५ रुपैयाँमा मुल्य समायोजन हुँदैछ । सो बैंकको अघिल्लो दिनको अन्तिम कारोबार २ सय ३९ रुपैयाँमा भएको थियो । 

    त्यसैगरि, प्रोग्रशिभ फाइनान्सले घोषणा गरेको ७ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । आइतबार सो फाइनान्सको शेयर मुल्य  ३ सय ५४ दशमलब ९० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ७ प्रतिशत बोनस शेयर पछि प्रोग्रशिभ फाइनान्सको शेयर मुल्य  ३ सय ३१ दशमलव ६८ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै, मिर्मिरे लघुवित्तले घोषणा गरेको २० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । आइतबार सो लघुवित्तको शेयर मुल्य १ हजार ५ सय ५५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २० प्रतिशत बोनस शेयर पछि  मिर्मिरे लघुवित्तको शेयर मुल्य १ हजार २ सय ९५ दशमलव ८३ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै,कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर पछि ४ सय १८ रुपैयाँमा मुल्य समायोजन हुँदैछ । सो बैंकको अघिल्लो दिनको अन्तिम कारोबार ५ सय १८ रुपैयाँमा भएको थियो ।

    आज समायोजन भएको मूल्यका आधारमा मंगलबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo