images
images

शेयर बजारमा उच्च अंकले वृद्धि, ४ अर्ब १२ करोडको कारोबार


  • 458
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    शेयर बजारमा उच्च अंकले वृद्धि, ४ अर्ब १२ करोडको कारोबार

    आइतबार। नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ६०.४१ अंकले बढेको छ । आज साताको पहिलो दिन नेप्से बढ्दा २ हजार ५ सय ८४ दशमलव ९१  अंकमा पुगेको हाे । 

    नेपाल स्टक एक्सचेञ्ज आइतबार २ सय ४० कम्पनीको ४ अर्ब १२ करोड रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर कारोवार भएको छ भने २ सय २६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबार आएका १३ समूहको परिसुचक मध्ये १२ वटामा बढेको छ भने १ वटा राताम्मे भएको छ ।

    आज बजारमा हिमालयन डिष्ट्रिलरीकाे शेयर मुल्य ९ दशमलव ९९ प्रतिशतले बढेर ४ हजार ३सय ७६ रुपैयाँ पुगेको छ भने गोर्खा फाइनान्सको शेयर मुल्य  ५ दशमलव १४ प्रतिशतले घटेर ७ सय ७९  दशमलव९० रुपैयाँमा सिमित भएको छ ।


    images
    images

    Logo