images
images

२ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका 


  • 607
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    २ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका 

    काठमाडौं । २ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । हिमालयन बैंक, सेन्चुरी बैंक, मिर्मिरे लघुवित्त, कालिका पावर कम्पनी र प्रोगेसिभ फाइनान्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    हिमालयन बैंकको चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४.६२ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष ३० गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, सेन्चुरी बैंकले  पुष ३० गते साधारणसभा बोलाएको छ । सो साधारणसभा आर्मि अफिसर्स क्लब भद्रकालिमा बिहान ११ बजे हुनेछ । उक्त बैंकले आर्थिक वर्ष २०७७/७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५.७५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    उता, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस शेयर वितरणका प्रस्ताव पारितको लागि पुष २९ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १९ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १९ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै,  प्रोगेसिभ फाइनान्स कम्पनीलको ७ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष १९ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष १८ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo