काठमाडौं । आज एकैदिन नेप्सेमा सुचीकृत ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । नेप्सेमा सुचीकृत सिद्धार्थ बैंक,सेन्ट्रल फाइनान्स र आरएमडीसी लघुवित्तको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
सिद्धार्थ बैंकले घोषणा गरेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो ।बुधबार सो बैंकको शेयर मुल्य ४ सय ६४ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर पछि सिद्धाथ बैंकको शेयर मुल्य ४ सय ६ दशमलव १२ रुपैयाँमा समायोजन हुन लागेको हो ।
त्यसैगरि, सेन्ट्रल फाइनान्सले घोषणा गरेको ७ दशमलव ७ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो फाइनान्सको शेयर मुल्य ४ सय ११ दशमलव ५० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ७ दशमलव ७ प्रतिशत बोनस शेयर पछि सेन्ट्रल फाइनान्सको शेयर मुल्य २ सय ३२ दशमलव ४८ रुपैयाँमा समायोजन हुन लागेको हो ।
त्यस्तै, आरएमडीसी लघुवित्तले घोषणा गरेको २० प्रतिशत बोनस शेयर पछि मुल्यसमायोजन हुने भएको हो । बुधबार सो लघुवित्तको शेयर मुल्य १हजार ३ सय दशमलव ७२ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २० प्रतिशत बोनस शेयर पछि आरएमडीसी लघुवित्तको शेयर मुल्य १ हजार १ सय ४३ दशमलव ३३ रुपैयाँमा समायोजन हुन लागेको हो।
आइतबार मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



