images
images

आज एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन, यस्तो छ नयाँ मूल्य


  • 767
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    आज एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन, यस्तो छ नयाँ मूल्य

    काठमाडौं । आज एकैदिन नेप्सेमा सचीकृत ५ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ ।   नेप्सेमा सचीकृत नबिल बैंक, कृषि विकास बैक, , हिमालयन डेस्टिलरी, फर्वार्ड माइक्रो फाइनान्स र गुडविल फाइनान्सको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

    निबल बै‌कले घोषणा गरेको ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य १ हजार ४ सय ५० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि नबिल बैंकको शेयर मुल्य १ हजार ८५ दशमलव ३३ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै, कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर पछि ४ सय १० रुपैयाँमा मुल्य समायोजन हुँदैछ । सो बैंकको अघिल्लो दिनको अन्तिम कारोबार ४ सय ९२ रुपैयाँमा भएको थियो । 

    त्यसैगरि, हिमालयन डेस्टिलरीले घोषणा गरेको ७५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य ६ हजार ८ सय ७० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ७५ प्रतिशत बोनस शेयर पछि हिमालयन डेस्टिलरीको शेयर मुल्य ३ हजार ९सय २५ दशमलव ७१रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै, फर्वार्ड माइक्रो फाइनान्सले घोषणा गरेको ३५प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य २ हजार ६ सय ५० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ३५ प्रतिशत बोनस शेयर पछि फर्वार्ड माइक्रो फाइनान्सको शेयर मुल्य १ हजार ९ सय ६२ दशमलव ९७ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै, गुडविल फाइनान्सकोे ९ दशमलव १ प्रतिशत बोनस शेयर पछि ५ सय ३३ दशमलव ४६ रुपैयाँमा मुल्य समायोजन हुँदैछ । सो बैंकको अघिल्लो दिनको अन्तिम कारोबार ५ सय ८२ रुपैयाँमा भएको थियो ।

    आज समायोजन भएको मूल्यका आधारमा आइतबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo