images
images

सर्वाधिक बोनस दिने २ वाणिज्य बैंकको मूल्य समायोजन


  • 2.5K
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    सर्वाधिक बोनस दिने २ वाणिज्य बैंकको मूल्य समायोजन

    काठमाडौं । आज सर्वाधिक बोनस दिने २ वाणिज्य बैंकको शेयर मूल्य समायोजन हुँदैछ ।  नेप्सेमा सचीकृत नबिल बैंक र कृषि विकास बैंकको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

    नबिल बै‌कले घोषणा गरेको ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य १ हजार ४ सय ५० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ३३ दशमलव ६० प्रतिशत बोनस शेयर पछि नबिल बैंकको शेयर मुल्य १ हजार ८५ दशमलव ३३ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै, कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर पछि ४ सय १० रुपैयाँमा मुल्य समायोजन हुँदैछ । सो बैंकको अघिल्लो दिनको अन्तिम कारोबार ४ सय ९२ रुपैयाँमा भएको थियो । 

    आज समायोजन भएको मूल्यका आधारमा आइतबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo