काठमाडौँ । मञ्जुश्री फाइनान्स कम्पनी सहित नेप्सेमा सचीकृत ५ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रस्टक्चर डेभलपमेन्ट, इन्फिनिटी लघुवित्त, चिलिमे हाइह्रो पावर र समिट लघुवित्तको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
मञ्जुश्री फाइनान्स कम्पनीले घोषणा गरेको ४० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुने भएको हो । बुधबार सो बैंकको शेयर मुल्य ९ सय ३९ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ४० प्रतिशत बोनस शेयर पछि मञ्जुश्री फाइनान्स कम्पनीको शेयर मुल्य ६ सय ७० दशमलव ७१ रुपैयाँमा समायोजन हुन लागेको हो ।
त्यस्तै, एनआरएन इन्फ्रस्टक्चर डेभलपमेन्टले घोषणा गरेको ५ प्रतिशत बोनस पछि शेयर मुल्य समायोजन हुने भएको हो । सो कम्पनीको शेयर मुल्य ५ सय ३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मुल्यको आधारमा ५ प्रतिशत बोनस शेयर पछि एनआरएन इन्फ्रस्टक्चर डेभलपमेन्टको शेयर मुल्य ५ सय ११ दशमलव ४३ रुपैयाँमा समायोजन हुन लागेको हो ।
उता, इन्फिनिटी लघुवित्तले घोषणा गरेको २७ दशमलव ७० प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन हुन लागेको छ । बुधबार सो कम्पनीको शेयर मुल्य १ हजार ६ सय ७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २७ दशमलव ७० प्रतिशत बोनस शेयरपछि उक्त कम्पनीको शेयर १ हजार ३ सय ७ दशमलव ७५ रुपैयाँ कायम हुँदैछ ।
त्यस्तै, चिलिमे हाइह्रो पावरले घोषणा गरेको ७ दशमलव ५ प्रतिशत बोनस पछि शेयर मुल्य समायोजन हुने भएको हो । सो कम्पनीको शेयर मुल्य ५ सय २ दशमलव ९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मुल्यको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर पछि चिलिमे हाइह्रो पावरको शेयर मुल्य ४ सय ६७ दशमलव ८१ रुपैयाँमा समायोजन हुन लागेको हो ।
यसैगरि, समिट लघुवित्तले घोषणा गरेको २५ दशमलव २८५३१६ प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन हुन लागेको छ । बुधबार सो कम्पनीको शेयर मुल्य १ हजार ४ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २५ दशमलव २८५३१६ प्रतिशत बोनस शेयरपछि उक्त कम्पनीको शेयर १ हजार १सय ६५ दशमलव ३४ रुपैयाँ कायम हुँदैछ ।
बिहिबारको मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



