images
images

आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम मौका


  • 595
    SHARES
  • २०७८ पौष १४ गते बुधबार

    आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम मौका

    काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, समिट लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रो पावर ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    मञ्जुश्री फाइनान्सको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २९गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १५ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, समिट लघुवित्तले  पुष २४ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा आँबुखैरेनी रेष्टुरेन्टमा बिहान १० बजे हुनेछ । उक्त लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५.२८५३१६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    त्यस्तै,  एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.२७ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २९ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १५ गते शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।

    उता, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २७ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १५ गते शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, चिलिमे हाइड्रो पावरको ७.५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि समेत ७.५ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २३ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १५ गते शेयरधनी किताबखाता कन्द गर्ने निर्णय गरेको छ ।


    यस अनुसार पुष १४गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo