काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी सहित नेप्सेमा सचीकृत ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । नेपाल पुनर्बीमा कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, उन्नती सहकार्य लघुवित्तको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
मितेरी डेभलपमेन्ट बैंकले घोषणा गरेको १३ दशमलव ३ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हुने भएको हो । मंगलबार सो बैंकको शेयर मुल्य ५ सय २ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १३ दशमलव ३ प्रतिशत बोनस शेयर पछि मितेरी डेभलपमेन्ट बैँकको शेयर मुल्य ४ सय ५१ दशमलव ०३ रुपैयाँमा समायोजन हुन लागेको हो ।
त्यस्तै, उन्नती सहकार्य लघुवित्त संस्थाले घोषणा गरेको ३० प्रतिशत बोनस पछि शेयर मुल्य समायोजन हुने भएको हो । सो लघुवित्तको शेयर मुल्य १ हजार ९ सय ३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मुल्यको आधारमा ३० प्रतिशत बोनस शेयर पछि उन्नती सहकार्य लघुवित्त शेयर मुल्य १ हजार ४ सय ८८ दशमलव ४६ रुपैयाँमा समायोजन हुन लागेको हो ।
उता, नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको १६ दशमलव ५० प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन हुन लागेको छ । मंगलबार सो कम्पनीको शेयर मुल्य १ हजार २ सय ९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । १५ दशमलव ५० प्रतिशत बोनस शेयरपछि उक्त कम्पनीको शेयर १ हजार १ सय १४ दशमलव १६ रुपैयाँ कायम हुँदैछ ।
बुधबारको मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



