काठमाडौं । नेशनल माइक्रोफाइनान्स ४५ प्रतिशत लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त कम्पनीले माघ ६ गते किताब रिसोर्ट धादिङमा बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत बोनश शेयर र ५ प्रतिशत कर प्रयोजनको लागि समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो सभा प्रयोजनको लागि कम्पनीले पुष २७ गते देखि माघ ६ गतेसम्म शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।