काठमाडौ । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक उन्नति सहकार्य लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर र नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
उक्त कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट दिने लाभांश बोनस शेयर र नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । ती कम्पनीले साधारणसभाका लागि बुधबार बुक क्लोज गर्दै छन् ।
मितेरी डेभलपमेन्ट बैंक उन्नति सहकार्य लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको आज सम्म कायम भएका शेयरधनीहरुले मात्र नगद लाभांश र बोनस शेयर पाउनेछन् । उक्त कम्पनीहरुले साधारणसभाको मिति तोकिसकेका छन् ।
मितेरी डेभलपमेन्ट बैंकले पुष २८ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे हुनेछ । उक्त बैंकले आर्थिक वर्ष २०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३.३ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
उन्नति सहकार्य लघुवित्त पुष २८ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा होटल मौर्य रुपन्देहीमा बिहान ११ बजे हुनेछ । उक्त लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ।
नेपाल पुनर्बीमा कम्पनीले पुष २२ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा कार्की व्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे हुनेछ । उक्त कम्पनीले आर्थिक वर्ष २०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस शेयर र २.५० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।



