images
images

तीन कम्पनीको शेयर मुल्य समायोजन आज, कति पुग्दैछ मुल्य ?


  • 571
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

    तीन कम्पनीको शेयर मुल्य समायोजन आज, कति पुग्दैछ मुल्य ?

    काठमाडौँ । नेप्सेमा सचीकृत ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपरको शेयर मुल्य आज समायोजन हुन लागेको हो । 

    महालक्ष्मी विकास बैंकले घोषणा गरेको २० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो ।  सोमबार सो बैंकको शेयर मुल्य ५ सय ६४ दशमलव ४० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २० प्रतिशत बोनस शेयर पछि महालक्ष्मी विकास बैँकको शेयर मुल्य ४ सय ७० दशमलव ३३ रुपैयाँमा समायोजन हुन लागेको हो । 

    त्यस्तै,  निर्धन उत्थान लघुवित्त संस्थाले घोषणा गरेको २९.५ प्रतिशत बोनस पछि शेयर मुल्य समायोजन हुने भएको हो । सो लघुवित्तको शेयर मुल्य १ हजार ५ सय ५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मुल्यको आधारमा २९.५ प्रतिशत बोनस शेयर पछि निर्धन उत्थान लघुवित्त शेयर मुल्य १ हजार २ सय दशमलव ७७ रुपैयाँमा समायोजन हुन लागेको हो ।

    उता, नेपाल हाइड्रो डेभलोपरले घोषणा गरेको ७ प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन हुन लागेको छ । सोमबार सो  कम्पनीको शेयर मुल्य ३ सय ९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । ७ प्रतिशत बोनस शेयरपछि उक्त कम्पनीको शेयर ३ सय ६५ दशमलव ४२ रुपैयाँ कायम हुँदैछ । 

    मंगलबारको मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images
    images

    Logo