काठमाडौँ । नेप्सेमा सचीकृत ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ । एनसीसी बैंक, विजय लघुवित्त र महुली लघुवित्तको शेयर मुल्य आज समायोजन हुन लागेको हो ।
एनसीसी बैंकले घोषणा गरेको ८ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन हुँदैछ । आइतबार सो बैंकको शेयर मुल्य २ सय ८४ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा ८ प्रतिशत बोनस शेयर पछि एनसीसी बैँकको शेयर मुल्य २ सय ६३ दशमलव ४३ रुपैयाँमा समायोजन हुन लागेको हो ।
त्यस्तै , विजय लघुवित्त संस्थाले घोषणा गरेको २१.०९ प्रतिशत बोनस पछि शेयर मुल्य समायोजन हुने भएको हो । सो लघुवित्तको शेयर मुल्य १ हजार ५ सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
सो मुल्यको आधारमा २१.०९ प्रतिशत बोनस शेयर पछि विजय लघुवित्त शेयर मुल्य १ हजार २ सय ६१ दशमलव ०४ रुपैयाँमा समायोजन हुन लागेको हो ।
उता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको २६ प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन हुन लागेको छ । आइतबार सो लघुवित्तको शेयर मुल्य १ हजार ८ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २६ प्रतिशत बोनस शेयरपछि उक्त कम्पनीको शेयर मुल्य १ हजार ५ सय २ दशमलव ३८ रुपैयाँ कायम हुँदैछ ।
सोमबारको मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



