आइतबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ७१.२० अंकले बढेको छ । आज साताको पहिलो दिन नेप्से बढदा २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ ।
आज बजारमा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोवार भएको छ । समुह र उपसमुहहरु मध्ये फाइनान्स र हाइड्रोपावर बाहेक अरु सबै समुह र उपसमुहहरु बढेको हो ।
आज बजारमा एभर्रेट् इन्स्योरेन्स को शेयर मुल्य १० प्रतिशतले बढेर ६ सय ७६ रुपैयाँ पुगेको छ भने गोर्खाज फाइनान्स ५ प्रतिशतले घटेर ७ सय ९७ रुपैयाँमा सिमित भएको छ ।