काठमाडौं । हिमालयन बैंकले साधारणसभा बोलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव सो साधारणसभाले पारित गर्नेछ ।
बैंकले पुस ३० गते बिहान ११ बजे केन्द्रीय कार्यालय, कमलादीमा भिडियो कन्फ्रेन्सको माध्यमबाट साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४.६२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि बैंकले पुष १९ गते १ दिनकाे लागि बुकक्लोज गर्ने भएको छ। यद्यपि मर्जर प्रयोजनका कारणले बैंकको शेयर कारोबार हाल दोस्रो बजारमा बन्द रहेको छ।