images
images

३ कम्पनीको शेयर मूल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार ?


  • 644
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    ३ कम्पनीको शेयर मूल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार  ?

    काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन आज हुँदैछ । ज्योती विकास बैंक,एनएबी लघुवित्त  र सुर्य लाईफ इन्स्योरेन्सको शेयरमूल्य आज समायोजन हुने भएको हो । 

    ज्योती विकास बैंकको ११ प्रतिशत बोनस शेयर पछि ४ सय ३ रुपैयाँ १५ पैसामा मूल्य समायोजन हुँदैछ । सो बैंकको बिहीबारको अन्तिम कारोबार ४ सय४७ रुपैयाँ ५० पैसामा भएको थियो । सो आधारमा मूल्य समायोजन हुन लागेको हो । 

    त्यस्तै, एनएबी लघुवित्तको २१.५० प्रतिशत बोनस शेयर पश्चात् १ हजार ५३ रुपैयाँ ५० पैसामा मूल्य समायोजन हुँदैछ । उक्त लघुवित्तकको बिहिबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार २ सय ८० रुपैयाँ थियो । 

    त्यस्तै,  सुर्य लाईफ इन्स्योरेन्सको १२.७० प्रतिशत बोनस शेयरपछि ६ सय ३८ रुपैयाँ ६८ पैसा कायम हुने गरी शेयरमूल्य समायोजन हुँदैछ । बिहीबार सो कम्पनीकोको अन्तिम कारोबार भने ७ सय २० रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo