काठमाडौं । गुडवील फाइनान्सले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सो कम्पनीले पुष २९ गते बिआन ११ बजे होटल काउन इम्पेरियल रविभवनमा बस्नेगरी साधारणसभा बोलाएको हो । उक्त सभामा कम्पनीले प्रस्ताव गरेको ९.१ प्रतिशत बोनसशेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनको लागि कम्पनीले पुष १६ गते देखि पुष २९ गतेसम्म शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ ।