काठमाडौं । नारायणी डेभपलमेन्ट बैंकको हकप्रद शेयर आज देखि निष्कासन गरेको छ । बैंकले न्यूनतम चुक्ता पुँजी कायम गर्ने प्रयोजनका लागि निष्कासन गरेको १ः१ बराबरको हकप्रद शेयर आज देखि पुस २७ गतेसम्म खुला हुनेछ ।
हकप्रद जारी गर्ने प्रयोजनका लागि मंसिर २३ गतेका लागि बैंकले शेयरधनी किताब खाता बन्द गरेको थियो । जसअनुसार कात्तिक २२ गतेसम्म दोस्रो बजारमा कारोबार भइ आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले सो हकप्रद शेयर भर्न पाउनेछन् ।
हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको जिम्मा लिएको छ । हाल १३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ।