images
images

नेप्सेसँगै कारोबार रकम पनि घट्यो


  • 303
    SHARES
  • २०८१ आश्विन १३ गते आइतबार

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    काठमाडौं । आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २ हजार ४ सय ६४ दशमलव ४० विन्दुमा पुगेको छ । आइतबार कारोबारमा आएका ३ सय २७ स्क्रिपको ४ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको विहीबार ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

    आइतबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०३ प्रतिशत बढेको छ। घटेका उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। 

    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज विन नेपाल लघुवित्तको शेयर मुल्य ६.५५ प्रतिशतले बढेको छ भने कुमारी सबल योजनाका इकाईधनीले ६.४९ प्रतिशतले बढेको छ । यस्तै, इङवा हाइड्रोपावरको शेयर मूल्य ५.४६ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।


    images
    images

    Logo