काठमाडों । नेपाल धितोपत्र बोर्डले एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको छ। धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एलआईसी नेपाललाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।
कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।