images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 333
    SHARES
  • २०८१ आश्विन १० गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो  ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्स रहेका छन् । 

    साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसामा भएको थियो ।

    यस्तै, सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८.३८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।

     


    images
    images

    Logo