काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । सोमबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । यस दिन घटेसँगै नेप्से परिसूचक २५०० विन्दुभन्दा तल झरेको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अंकले घटेर २ हजार ४ सय ७० दशमलव ३९ विन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका ३ सय ९ स्क्रिपको ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ५ अर्ब ६६ कोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका मध्ये १० कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।



