काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो बैंकको शेयर मुल्य ६ सय ३१ रुपैयाँ ८२ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ६ सय ९५ पैसामा भएको थियो ।