images
images

हुलास फिनसर्भले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल


  • 291
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    हुलास फिनसर्भले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत् २० लाख ७५ हजार साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    आइतबार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने कम्पनीका अध्यक्ष गोल्छाले बताए । 

    उक्त कम्पनी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । उक्त कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ । 

     

     


    images
    images

    Logo