images
images

५९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ६६ करोड


  • 268
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    ५९ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ६६ करोड

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पुनः घटेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अंकले घटेर २ हजार ५ सय २९ दशमलव ३३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २९ स्क्रिपको ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ३५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    सामेबार नेप्से घटेपनि कारोबार रकम भने सामान्य अंकले बढेको छ । आइतबार ५ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १४ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

     
    सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिईडीबीको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ भने एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.१२ प्रतिशतले बढेको छ । यस्तै, रावा इनर्जीको शेयर मूल्य ५.८१ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo