images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 332
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटल रहेका छन् । 

    सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ८ सय २९ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ३१ रुपैयाँमा भएको थियो ।

    त्यस्तै, ओरियण्टल होटलको ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९ सय ८० रुपैयाँ ९५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ३० रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo