images
images

११ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 343
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    ११ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से, यस दिन भने सामान्य बढेर बन्द भएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अंकले बढेर २ हजार ५ सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ५ अर्ब ९ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । गत साताको विहीबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज १ सय ३८ कम्पनीको शेयर मूल्य बढेको छ । ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। बाँकी ७ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

    आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोपावर रहेका छन । यस्तै, सयपत्रि हाइड्रोपावरको शेयर मूल्य ७.४ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo