images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 280
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले भोली अर्थात असोज ७ गते बुकक्लोज गर्दैछन्।

    आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा ती कम्पनीहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सो सभाले बोनस वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    ओरियन्टल होटल्स लिमिटेडले भने असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


    images
    images

    Logo