images
images

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत कम्पनी


  • 299
    SHARES
  • २०८१ आश्विन ४ गते शुक्रबार

    अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत कम्पनी

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

    कम्पनीले १७ लाख ५० हजार २ सय ४८ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 


    images
    images

    Logo