images
images

ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट


  • 296
    SHARES
  • २०८१ आश्विन ३ गते बिहीबार

    ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे ।


    ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

    होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ ।

    अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरि ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरूमध्ये रमदा ६३ देशमा ८ सय ५१ वटा होटलहरू सञ्चालनमा रहेका छन् ।


    images
    images

    Logo