काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । आइतबारबाट लगातार घटिरहेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । पछिल्ला कारोबार दिनहरुमा ५० अंकभन्दा बढी घटेको नेप्से, यस दिन सामान्य घटेर बन्द भएको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेर २ हजार ५ सय २७ दशमलव ७६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ५ अर्ब ६६ करोड बराबरको १ करोड ३९ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ३६ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अरु उपसमूहको परिसूचकहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजीको १५ करोड ९५ लाखको शेयर कारोबार भएको छ ।
बुधबार कालिका लघुवित्तको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्तको शेयर मूल्य ७.९२ प्रतिशतले बढेको छ भने रावा इनर्जी शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।



