images
images

साहस ऊर्जाले गर्यो लाभांश घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने


  • 332
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    साहस ऊर्जाले गर्यो लाभांश घोषणा, शत प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । साहस ऊर्जाले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।

    यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । असोज १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

    यसैबीच बोनस शेयर जारीपछि कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर पनि निष्कासन गर्ने भएको छ । बुधबार बजार खुल्नुअघि यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ छ ।

    साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिँदैछ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।


    images
    images

    Logo