images
images

नेप्सेसँगै कारोबार रकम पनि घट्यो, २ कम्पनीको शेयर मूल्यमा सर्किट


  • 317
    SHARES
  • २०८१ भाद्र ३१ गते सोमबार

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो, २ कम्पनीको शेयर मूल्यमा सर्किट

    काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अंकले घटेर २ हजार ५ सय ८० दशमलव ७६ विन्दमा पुगेको छ । 

    नेप्से परिसूचक करिब २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो। यस अघि साउन १० गते नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो। योपश्चात यसै दिन नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको हो। आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख कित्ता शेयर किनबेच भएको छ । 

    सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय २७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीव्न बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सीएचडीसीको शेयसर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ख। नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर शेयर मुल्यमा सर्किट लागेको छ । यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य ९.९२ प्रतिशतले बढेको छ । रावा इनर्जी डेभलपमेन्ट र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।


    images
    images

    Logo