images
images

सुचीकृत कम्पनीलाई धितोपत्रको नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?


  • 285
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    सुचीकृत कम्पनीलाई धितोपत्रको नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गदै धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो। 

    असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नुका साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने पनि नेप्सेले जनाएको छ। 

    धितोपत्र सूचीकरण विनियमावलीअनुसार ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका सूचीकृत कम्पनीले धितोपत्रको वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ। ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले भने १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्नेछ ।

    यसैगरी ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका डिबेन्चर तथा म्युचुअल फन्डहरुको वार्षिक नवीकरण शुल्क २५ हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएमा ५० हजार रुपैयाँ नवीकरण शुल्क  बुझाउनु पर्नेछ ।

    nepse notice.jpg

     


    images
    images

    Logo